कान्तिपुर टिभिले गलत समाचार सम्प्रेषण, माफी मागेन

वैशाख १४ गतेको कान्तिपुर समाचारमा आफूलाई तेस्रोलिङ्गी भनिएको विषयमा आपत्ती जनाउँदै रुक्शना कपालीले प्रेश विज्ञप्ती समेत निकाल्नु पर्यो। मिडियाकर्मी सँग निकै लामो समयको संवाद गरेर विषयवस्तु बुझाउँदा पनि गलत ढङ्गले समाचार प्रस्तुत गरी उनलाई तेस्रोलिङ्गी भनेर सम्बोधन गरियो। इडेन गार्डेन बोर्डिङ स्कुलमा पढ्दा आफू पारलिङ्गी भएकै कारण प्रध्यानाध्यापकबाट भोग्नु परेको हिंसालाई समाचारमा भने उनी तेस्रोलिङ्गी भएको कारण शिक्षकबाट यातना खेप्नु परेको भन्दै बताइएको छ।

press release-1.png

यसरी कान्तिपुर मिडिया जस्तो लोकप्रिय मिडियामा उनको बारेमा गलत समाचार सम्प्रेषण भएको कारणले गर्दा उनको व्यक्तिगत जीवनमा असर पुग्ने बताउँदै रुक्शनाले प्रेस विज्ञप्तीलाई समाजिक संजालमा सम्प्रेषण गरेका छन्।

कान्तिपुर मिडियाले एक पारलिङ्गी महिला (ट्रान्सजेण्डर वोमेन)लाई तेस्रोलिङ्गी (थर्ड जेण्डर) भनेको यो पहिलो घटना भने होइन। यस अघि २०१८ को डिसेम्बर महिनामा पहिचान मिडिया लगायतका केही मिडियाहरूमा उनलाई तेस्रोलिङ्गी भनी उल्लेख गरिएको विषयमा उनले आपत्ती जनाउँदै विरोध गरेका थिए

यसो हुँदा हुँदै पनि किन उनलाई बारम्बार तेस्रोलिङ्गीको उपमा दिइन्छ?

सन् २००१ मा नेपालको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको आन्दोलन सुरु भयो। त्याचलिङ्गी तथा विषमयौनिक (सिस् जेण्डर र हेट्रोसेक्सुअल) व्यक्तिहरूलाई मात्र मान्ने नेपाली समाजमा यस बाहेकका व्यक्तिहरूलाई निकै कठिनाईले स्वीकारिन्थ्य्पो। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पनि आफैमा एउटा विविधतापूर्ण समूह हो। तर सन् २००१ देखि यस सम्पूर्ण समूहलाई नै समलिङ्गी वा तेस्रोलिङ्गी भनेर समाजले अपव्याख्या गर्दै बुझ्दै आएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक आन्दोलनको सुरुवाती दिनहरूमा तेस्रोलिङ्गीहरू नै अग्रज भूमीकामा रहे। यसै गरी एक समयौनिक पुरुष सांसद सम्म बन्न पुगे। आज भन्दा १० वर्ष अगाडी समाजिक कट्टरपन्थीमा तेस्रोलिङ्गीको भाष्य बोकेर वकालत गर्नु सरल थियो, जुन अरु यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई हुन सकेन।

तेस्रोलिङ्गीलाई स्वीकार गर्ने जमात बढ्दै जाँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्य विविध पहिचानहरू छुट्दै गएको छ। नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारमा कार्यरत ९ वटा संस्थाहरू छन्। नील हिरा समाजले समलिङ्गी/तेस्रोलिङ्गीका निम्ति आवाज उठाउँछ भने LGBT अर्थात् समयौनिक पुरुष, समयौनिक महिला, द्वयौनिक, र तेस्रोलिङ्गी (थर्ड जेण्डर)का मुद्दाहरू उठाउँछन्। यसै गरी LBT women अर्थात् समयौनिक, द्वयौनिक र पारलिङ्गी महिलाहरूका विषय उठाउने मितिनि नेपाल र समावेशी मञ्च नेपाल अग्रज स्थानमा रहेका छन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको विविधतलाई सरल शब्दमा जनाउने ‘क्वयेर’ अधिकारका निम्ति कार्यरत युवा समूह क्वयेर युवा समूह भनी छ भने अन्तर्लिङ्गी (intersex ) अधिकारमा आवाज उठाउँदै आएको क्याम्पेन फर चेन्ज भन्ने संस्थाहरू छन्। इन्टरनेटमा यौनिकताका विषयमा महिला र क्वयेर विषयमा केन्द्रित भएको बडी एण्ड डेटा नामक संस्था र बृहत्तर यौनिकता शिक्षा प्र्दान गर्दै आएको सहायम नेपाल पनि यसै क्षेत्रमा कार्यरत छ।

नेपालको नागरिकता विधयकमा लिङ्गको महलमा ‘अन्य’ उल्लेख गर्नेहरूले १२ वटा जतिको विधामा छान्न पाउनु पर्ने माग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक संस्थाहरूले उठाइरहेका पनि छन्। यति हुँदा हुँदै पनि सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई नै समलिङ्गी/तेस्रोलिङ्गी भन्ने गलत अवधारणा र मिथ्याविचारका कारण बारम्बार समाचार पत्रहरूमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका विभिन्न पहिचान बोक्ने व्यक्तिहरूलाई तेस्रोलिङ्गी भनी झुकिने गरेका छन्।

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सबै विविधता भएको व्यक्तिहरू एकै ठाउँमा काम गर्ने संस्था पनि छैन। कुनै संस्थाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको ५ वटा विविधतामा काम गर्ने, कुनै ले ४ वटामा गर्ने, लगायतका संस्थाहरूको आ-आफ्नै केन्द्रित कार्य भएकाले सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको एउटै छाता भने छैन। यो नहुनु पनि स्वभाविकै होला। किन भने यति धेरै विविधता भएको समूहमा विभिन्न वर्गले आफ्नै प्रकारको चुनौतीहरू भोग्नु पर्दछ। जस्तै समान लिङ्ग तर्फ आकर्षित समयौनिक व्यक्तिहरू (होमोसेक्सुअल)हरू आफ्नो यौन अभिमुखिकरणका आधारमा विभेदमा परेका हुन्। यसमा पनि समयौनिक महिलाहरू पितृसत्ता र महिलाविरोधी (misogynist) धारणाको शिकार हुनु पर्दछ। तैपनि महिला र पुरुष नै भएको कारणले लैङ्गिकताका आधारमा विभेद भएको होइन। यसै गरी द्वयौनिक (bisexual), सर्वयौनिक (pansexual), बहुयौनिक (polysexual), इत्यादी व्यक्तिहरूको आफ्नै प्रकारको चुनौती छ। पारलिङ्गी व्यक्तिहरू (transgender people) आफूलाई महिला र पुरुषकै परिभाषामा हेर्दा पनि समाजको महिला र पुरुषको परिभाषाबाट उनीहरू वहिष्कृत छन्। यसै गरी महिला र पुरुष भन्दा फरक तेस्रोलिङ्गी (third gender) लयात गैर-द्वयसांखिक लैङ्गिक पहिचान भएका व्यक्तिहरू जस्तै द्रवलिङ्गी (gender fluid), क्वयेरलिङ्गी (genderqueer), जस्ता व्यक्तिहरूको आफ्नै समस्या छ। यो सँगै अन्तर्लिङ्गी (intersex) व्यक्तिहरू यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक माझ पनि सिमान्कृत छन्।

यो भन्दै गर्दा मिडियाले सम्बन्धित पहिचान बोकेका व्यक्तिहरूको भाष्यलाई प्रस्तुत गर्नु भन्दा उनीहरूको कुरा सुन्ने तर प्रस्तुतीकरण गर्दा उनीहरूलाई समावेश नगरिएको सामाजिक भाष्यलाई नै केन्द्रमा राखेर ‘सबैले बुझाउनु पर्छ’ भनी सम्प्रेषण गर्नाले उनीहरूको जीवनमा धेरै असर पुग्दछ। समाजमा वहिष्कृत र समाजले नमान्ने विषयमा सामाजिक भाष्य र भाषा हुँदैन। त्यसैले समावेशी भाषालाई बलियो बनाउन मिडियाको भूमीका हुन्छ।

कुनै जवाफ छैन

प्रेस काउन्सिलमा उजुरी दिएर काउन्सिलले जवाफ मागेको ८ दिन भैसक्दा पनि कान्तिपुर टिभी मौन छ।

jawaf pesh garne KTV.jpg

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s